आर्टिकल्स

देशमा राजनीतिक अस्थिरता आउने होकी भन्ने चिन्ता

Lumbinikhabar Online

डा.डिआर उपाध्याय,

पछिल्लो समयमा आएर नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच भेट बार्ता भएको छ । दुबै नेता बीचको भेटवार्ताले सार्थकता पाओस् भन्ने आम कार्यकर्ताको चाहाना पनि छ । नेकपा एमालेका नेताहरु मिलेर जादा नै पाटी बलियो हुन्छ । यदि मिल्न नसके पाटी र नेताहरुलाई नै घाटा हुने हो ।

देश र जनताका लागी भन्दै भोक भोकै पार्टी निर्माण गर्न बिगतमा कति कठिन भयो होला । आफैले निर्माण गरेको पाटी छाडेर अर्को पार्टी निर्माण गर्न खोज्नु कसैलाई राम्रो हुदैन होला । पार्टी भित्र बसेर अन्तरसंघर्ष गर्नु सवै भन्दा राम्रो हुने छ । एमालेको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशको भविश्यलाई समेत अन्योल बनाएको छ । पछिल्लो राजनीतिक गतिविधिले सवै कुरा गिजोलेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट बार्ता भए पनि एक हुने कुरामा अझै भरपर्दो र बलियो आधार निर्माण हुन सकेको छैन । हाम्रो बिचार त मिलेर जानुहोस्र भन्ने हो ।

प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन । दुवै नेताका अहंका कारण पार्टी विभाजन हुने खतरा बढेर गएको छ । यो पार्टी ओली र नेपाल मिलेर जोगाउनुहोस् । तपाईहरुबीच अप्रत्यासित रूपमा भेटघाट भएको छ । यसलाई छिटो सार्थकता दिनुहोस् । बुधबार र बिहीबार तपाईहरुबीच दुई चरणमा भएका संवादले आम कार्यकर्तामा केही सकारात्मक सन्देश तल्लो तह देखि माथि सम्म दिएको छ । त्यसैले दुवै नेता मिलेर अघि बढनुहोस् । मेलमिलाप नै राम्रो कुरा हो । जनताको भरोसाको ख्याल राख्नुहोस् । फराकिलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउनुहोस् । पार्टीको मिलनबिन्दु नै तपाई दुई बीचको एकता हो ।

अघिल्लो चुनावपछि वाम गठबन्धनको बहुमत आउँदा जनतामा एकखालको उत्साह थियो । अहिले तपाईहरु बीचको बिमेलले जनता निराश हुन पुगेका छन । देशमा राजनीतिक अस्थिरता आउने होकी भन्ने चिन्ता छ । गत निर्वाचनमा एमाले र माओवादी केन्द्र नमिलेको भए झण्डै दुइतिहाई नजिकको बहुमत आउने थिएन । जनताले स्थिरताको जनादेश दिएका हुन । तर, सत्ता स्वार्थको आन्तरिक खेलमा त्यो आधा कार्यकाल पनि राम्ररी टिक्न सकेन । एक वर्ष ननाघ्दै दलभित्रैबाट सरकारको खुट्टा तान्ने काम सुरु भएको थियो ।

यो नै मुलुक र पार्टी दुवैको लागी दुरभाग्य भयो । सर्वोच्च अदालतको आदेशले दुवै पार्टीलाई आआफ्ना घरमा फर्कन बाध्य बनायो । माओवादीका धेरैजसो प्रभावशाली नेताहरु एमालेमै गए । दल कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ । लोकतन्त्रमा दल फुटिरहे भने अरु शक्तिले फाइदा उठाउन सक्छन । दलीय व्यवस्थामा दलहरू बलियो हुनु पर्छ । दलका नेताहरू सत्ता, पद र शक्ति जोगाउने खेलमा मात्र लागे भने देशमा सुशासन हुँदैन। देशले सुशासन खोजेको छ । नेताहरु झगडा नगर्नुहोस्, मिल्नोस् । त्यसो भयो भने मात्र देशको भलो हुन्छ ।

देशको अगुवाइ गर्ने तपाईहरुले हो, मिलेर जानुहोस् । आज देश संकटमा छ , यसको निकास मिलेर छिटो दिनुहोस् । नेपाली जनताले अस्थिर राजनीति खोजेको होइनन् स्थिरता खोजेका हुन । जनताको भावना बुझेर नेताहरुले काम गर्नु पर्छ । नेताहरुले जनभावना बिपरित काम गरे जनताले निर्वाचनको माध्यमवाट दण्ड दिने छन । यो कुरा बुझेर काम गर्न जरुरी छ । लोकतन्त्रमा जनता भनेका सार्वभौमसत्ता हुन । नेताहरुले जनतामाथि खेलवाड गरे चुनावबाट पत्तासाप हुने निश्चित छ । देश र जनताको भबिश्य निर्माणका लागी नेताहरु गम्भिर बन्न जरुरी छ ।

Tags

छुटाउनु भयो कि ?