टप खबर

बालुवाटारमा एमाले बैठक शुरू

Lumbinikhabar Online

सत्तारुढ दल नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निलम्बित नेता माधव नेपाल समूहका सांसदहरुले बुझाएको स्पष्टीकरणका विषयमा छलफल भइरहेको छ।

पार्टी हित विपरित काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले माधव नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच सदस्यलाई स्पष्टीकरण सोधेका थिए। नेपालसहित २७ जना सांसदले बिहीबार स्पष्टीकरण बुझाएका थिए।

बैठकमा माधव नेपाल समूहका नेता भने उपस्थित छैनन्। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादललगायत ओली पक्षीय नेताको सहभागीता रहेको छ।

Tags

छुटाउनु भयो कि ?