बलिवुड

रजनीकान्तलाई दादा साहेब फाल्खे अवार्ड दिने भारत सरकारको निर्णय

Lumbinikhabar Online

अभिनेता रजनीकान्तलाई ५१ औं दादा साहेब फाल्खे अवार्ड प्रदान गर्ने घोषणा भारत सरकारले गरेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेदकरले यस्तो जानकारी दिएका हुन् । भारतीय फिल्मको सर्वोच्च र प्रतिष्ठित अवार्ड मानिने यो सम्मानको तय चाहिँ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले गर्छ । रजनीकान्त पछिल्लोपटक सन् २०२० मा रिलिज भएको एक्सन–थ्रीलर दरबारमा देखिएका थिए । ४ दशकदेखि रजनीकान्त भारतीय फिल्ममा सक्रिय छन् ।

Tags

छुटाउनु भयो कि ?