गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टीन र आइसोलेसन तयारी अवस्थामा राख्न परिपत्र गरेको छ । कोभिड १९ कोरोना भाइरसको जोखिम फेरि बढे संकेत देखेपछि गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । आज चैत ११ गते कोरोनाले गर्दा लकडाउन भएको दिन आजै कै दिन फेरि गृह मन्त्रालयले फेरि आइसोलेसन र क्वारेन्टिन तयारीमा अवस्थामा राख्न भनेपछि फेरि देशमा लकडाउन हुन्छ कि भन्ने प्रश्न यति बेला उठेको छ ।
छिमेकी राष्ट्र भारतमा बढ्दै गएको संक्रमणले नेपाललाई पनि प्रभाव पार्न सक्ने भएकाले मन्त्रालयले देशभरका जिल्ला प्रशासन परिपत्र गरेको जनाइएको छ । परिपत्रमा भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउन मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेको छ ।