टप खबर

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

Lumbinikhabar Online

झापाको दमकमा​ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ का २३ वर्षीय नीरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने दमक ४ मा प्रदेश-१-०२-००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश-१-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

कोइरालाको घटनास्थलमै र बस्नेतको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक ४९ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Tags

छुटाउनु भयो कि ?