खेलकुद

सुमिना विश्व बक्सिङ्ग च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने

Lumbinikhabar Online

सुमिना खड्कालाई पोल्याण्डमा हुने युथ वर्ल्ड बक्सिङ्ग च्याम्पियनशिपमा भाग लिन छानिएको छ। उनी आज यहाँ आयोजित छनौट खेलमा ६० केजी महिला वर्गका लागि चयन गरिएको थियो। आरडीएस क्लबको प्रतिनिधित्व गर्दै खड्काले बक्समन्डुका डेचेन शेर्पालाई ४-१ ले हराएर विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्वका लागि छनौट गरे। यसअघि नक्सलकी सुषमा तामांगलाई ४८ केजी वर्गमा प्रतिस्पर्धा गर्न छनोट गरिएको प्रमुख बक्सिङ्ग कोच प्रकाश थापामगरले बताउनुभयो। विश्व बक्सिङ्ग च्याम्पियनशिप आगामी ११ देखि २३ अप्रिलसम्म पोल्याण्डमा हुँदैछ।

Tags

छुटाउनु भयो कि ?