टप खबर

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई नै यथावत राख्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न संसदीय दलको वैठकले सो निर्णय लिएको हो । माओवादीका नेता तथा सांसद वर्षामान पुनले वैठकपछि जानकारी दिएअनुसार राष्ट्रियसभाको दलको नेतामा दिनानाथ शर्मा तोकिएका छन् । यस्तै दलको प्रमुख सचेतकमा पनि देवप्रसाद गुरुङ रहनेछन् । सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक संसदीय दलको वैठक बसेको हो ।

Tags

छुटाउनु भयो कि ?