नेकपा एमालेको विवाद मिलाउन ओली समूह र नेपाल समूह वार्तामा बस्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन्। स्रोतका अनुसार आज विहान ११ बजे दुवै समूहका नेताहरु वार्तामा बस्ने भएका छन्। पार्टी कार्यालय धुम्बारहीमा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि हुने छन्। नेपाल समूहबाट झलनाथ खनाल र माधव कुमार नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन्। उक्त समूहले आइतबारमात्र ओली विरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६