कोभिड-१९

इटालीमा संक्रमणको नयाँ लहरको जोखिम, पुनः प्रतिबन्धात्मक नियम लागु हुनेइटालीमा संक्रमणको नयाँ लहरको जोखिम, पुनः प्रतिबन्धात्मक नियम लागु हुने

Lumbinikhabar Online

कोरोना भाइरस संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागु हुने भएको छ ।सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको हो । इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्ण रुपमा बन्द गरिने छ । एक वर्ष पहिले इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक राष्ट्रिय तहमा लकडाउन लागु गरेको थियो । अहिले पनि इटालीमा संक्रमण तीव्र भइरहेको छ । इटालीमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । बेलायतपछि युरोपमा सबैभन्दा धेरैको ज्यान इटालीमा गएको हो । इटालीमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुस्त भइरहेको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोपका कारण ब्लड क्लट बन्ने जोखिम रहेको भन्दै इटालीसहित युरोपका बुल्गेरिया, डेनमार्क र नर्वेमा पनि तत्कालका लागि सो खोप रोकिउको छ । शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपका कारण ब्लड क्लट बन्ने प्रमाण नभेएिको बताएको छ । उसले खोप अभियान नरोक्न आग्रह गरेको छ । सोमबारदेखि इटालीका रोम र मिलानसहित आधा भन्दा बढि क्षेत्रमा विद्यालय, पसल तथा रेस्टुरेन्ट बन्द हुने छन् । अत्यावश्यक कामका लागि बाहेक स्थानीय बासिन्दा बाहिर निस्कन पाउने छैनन् । इटालीमा अहिलेसम्म झण्डै ३२ लाख मानिसमा संक्रमण पुष्टि भएको छ ।

Tags

छुटाउनु भयो कि ?