टप खबर

सुन्दरीजल आयो मेलम्चीको पानी

Lumbinikhabar Online

बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी अन्ततः काठमाडौं पुगेको छ। काम सुरु भएको दुई दशकपछि मेलम्चीको पानी शुक्रबार सुन्दरीजल आइपुगेको हो। यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पठाइएको पानी त्यसको १२ दिनपछि शुक्रबार सुन्दरीजल पुगेको छ।

मेलम्चीको पानीको स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् सुन्दरीजल पुगेका छन्।

पानी काठमाडौं पुगे पनि प्रयोगका लागि धारामा पुग्न भने अझै केही समय पर्खिनु पर्ने छ। सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ। सुरुमा सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुङको पानी बागमतीमा फालिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। त्यसैले मेलम्चीको पानी काठमाडौंको धारामा आउन अझै केही समय कुर्नु पर्ने देखिन्छ।

हाल काठमाडौं उपत्यकामा पानीको हाहाकार छ। मानिसहरुले दशकौंदेखि पानीको समस्या भोग्दै आएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको छ। जबकी उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।

मेलम्चीको पानी काठमाडौं पुगेपछि पानीको समस्या समाधान हुने विश्वास गरिएको छ। पहिलो चरणको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने आयोजनाले जनाएको छ। यो पूरा भएपछि दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ। दोस्रो चरणमा याङ्ग्री र लार्के अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ।

पहिलो चरणको आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ। यो आयोजनाबाट झन्डै १३ लाख बासिन्दा अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान छ।

प्रचण्डको बुहारीका कारण रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने « Dainiki

सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने::सहि समाचार, विचार र तस्वीर

Tags

छुटाउनु भयो कि ?