टप खबर

प्रधानमन्त्री ओलीलाई संसदीय दलका नेताबाट हटाइयो

Lumbinikhabar Online

नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) प्रचण्ड नेपाल गुटले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओलीलाई संसदीय दलका नेताको पदबाट हटाउने निर्णय गरेको छ। उक्त गुटले उप नेता सुवास नेम्वाङ्ग र शान्ता चौधरीलाई ह्वाइपको पदबाट हटाएको छ। बुधबार कोटेश्वरको पेरिस डण्डमा केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य सुवासचन्द्र नेम्वाङ्ग, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, निरु पाल, प्रभु साह र कर्ण थापालाई छ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ। एनसीपीका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार स्थायी समितिको बैठकले उनीहरूको पार्टीको आचरण बिरूद्ध काम गरेको आरोपमा कारबाही गरेको थियो। प्रधानमन्त्री ओलीले डिसेम्बर २० तारिख प्रतिनिधिसभाको विघटन पछि प्रचण्ड नेपाल गुटले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलका नेता चुनेको निर्णय गरेको थियो।

Tags

छुटाउनु भयो कि ?