टप खबर

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल

Lumbinikhabar Online

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो।

बिहान ११ बजेर ४८ मिनेटमा शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २ बजेर २० मिनेटमा निस्केका थिए। पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बताइएको छ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयले यसलाई नियमित भेट भनेको छ।

Tags

छुटाउनु भयो कि ?