राजनीति

नेपाली सेनामा ११ पदमा भर्ना खुल्यो

Lumbinikhabar Online

नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ। अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ। दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ।

Tags

छुटाउनु भयो कि ?