टप खबर

बाग्लुङ्ग मा दुई विप्लव नेता पक्राऊ

Lumbinikhabar Online

माघ १२ – गैरकानुनी नेत्रविक्रम चन्द उर्फ विप्लव संगठनका दुई नेताहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गको टोलीले उनलाई शनिबार बाग्लुङ्ग नगरपालिका ७ गैरागौंबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्स्पेक्टर विजय भण्डारीले भने कि उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा बाग्लुंग नगरपालिका ३ का ५३ वर्षीय बाबुलाल शाक्य र रुकुम पश्चिमका कमनसिंह क्षेत्री रहेका छन्। शाक्य म्याग्दी जिल्लाका पूर्व सचिव हुन् भने क्षेत्री बाग्लुङ्गका पूर्व इन्चार्ज हुन्।
प्रहरीका अनुसार शाक्यबाट दुई मोबाइल फोन र तीन सिमकार्ड र छेत्रीबाट चार मोबाइल फोन र सात सिम कार्डहरू बरामद गरिएको छ।

Tags

छुटाउनु भयो कि ?