कोभिड-१९

नयाँ कोरोना भाइरस फैलिन थालेपछि भारतको दिल्लीमा ‘नाइट कर्फ्यु’

Lumbinikhabar Online

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसबाट आफ्ना नागरिक धमाधम संक्रमित हुन थालेपछि भारत सरकारले दिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको छ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले यही डिसेम्बर ३१ राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरेको हो।

साथै जनवरी १ का दिन पनि राति ११ बजेदेखि २ बजेम्म रात्रिकालीन कर्फ्यु लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेलायतबाट भारत फर्किएका २० यात्रुमा कोरोनाको नयाँ प्रजातिको संक्रमण पुष्टि भइसकेको छ। नयाँ वर्ष (सन् २०२१) का बेला भीडभाड बढ्ने र संक्रमण अझ फैलिन सक्ने खतरा विचार गर्दै भारत सरकारले रातिको समय कर्फ्यु लगाउने घोषणा गरेको हो। अहिले भारतले बेलायत उडानमा पनि प्रतिबन्ध लगाएको छ।

Tags

छुटाउनु भयो कि ?