पुष १४ – सुदुरपश्चिम प्रान्त सरकारले अछाम जिल्लाबाट केशर बहादुर साउदलाई उक्त प्रान्तमा नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री र मन्त्रिपरिषद्को बैठकले यस निर्णय लिएको हो।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार दार्चुलाका मोहनदेव विष्टलाई आयोगको सदस्यमा नियुक्त गरिएको छ। एक महिला सदस्य पछि नियुक्त हुनेछ। डोटीका हरका बहादुर सिंहलाई खप्तड पर्यटन विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ। समितिका अन्य सदस्यमा अछामका लक्ष्मण खड्का, डोटीबाट हरिपाल थापा र मनीषा धानुक, र बाजुराका गणेश बहादुर साही रहेका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६