कोभिड-१९

सरकारले नयां कोरोना भाईरसको अनुसन्धान थाल्यो

Lumbinikhabar Online

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ । पछिल्लो दिनहरुमा विश्वभर कोरोना भाइरसको नयाँ वटा तीन प्रकारका देखिएका छन् ।

फरक फरक तीन प्रकारका भाइरस १३ वटा देशमा फैलिसकेको छ । बेलायत, दक्षिण अफ्रिका, नाइजेरिया, फ्रान्स, जापान, नेदरल्याण्ड, स्वीडेन, सिंगापुर, अष्ट्रेलिया, स्पेन, क्यानाडा,इटाली र लेवनानमा कोरोनाका नयाँ प्रकार देखिसकेको छ । कोरोनाका नयाँ प्रकार देखिन थालेपछि कतिपय देशहरुमा केही समयका लागि उडान सेवा बन्द गरिएका छन् । दु्रत गतिमा फैलन सक्ने क्षमता रहेको नयाँ प्रकारको कोरोना सुरुमा बेलायतमा देखिएको थियो ।

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारसँग ७० प्रतिशतभन्दा बढी सार्न सक्ने क्षमता रहेको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्ज युनिटका संयोजक समेत रहेका सरुवा रोग विषेशज्ञ डा शेर बहादुर पुनले यो फरक प्रजातिमा हाल विकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको बताए । यसको लागि अध्ययन र अनुसन्धान भैरहेको छ ।

डिसेम्बर १४ मा पहिलो पटक बेलायतमा भीयूआई २०२०१२ र ०१ नामकको कोरोनाको नयाँ प्रकार भेटिएको थियो । त्यसपछि अन्य देशहरुमा समेत उतm भाइरस विस्तारै फैलदै गएको छ । नेपालले अहिले बेलायतसंग हवाइ सम्पर्क बिच्छेद गरेको छ भने सिमाना जोडिएको फ्रान्सले ४८ घन्टाको लागि आवतजावत बन्द गरेको छ । संक्रमण फैलिएका अन्य देशहरुबाट भने आवतजावत याथावत छ । जसले गर्दा नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलनसक्ने सम्भावना ज्यादा भएको डा. पुन बताउँछन् ।

विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएपछि नेपालमा पनि ती प्रकारका भाइरस छ या छैन भनी अध्ययन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालै बेलायतबाट आइ क्वारेन्टिनमा रहेका २ सय ८७ जनाको पीसीआर परीक्षण गरिने जानकारी दिए ।

अन्य देशमा जसरी नया प्रजातिको भाइरस देशपरेको छ । सोहि अनुसार नेपाल सरकारले सुरुवातमा कोरोना भाइरस संक्रमण फैलिएको जस्तै नफैलियोस भनेर पनि आवश्यक तयारी र थप सतर्कता अपनाउनु जरुरी छ ।

Tags

छुटाउनु भयो कि ?