कोभिड-१९

विदेशमा करिब ५० हजार नेपाली कोरोनामुक्त

Lumbinikhabar Online

विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मुक्त भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोनामुक्त भएका हुन्।

विदेशमा कोभिड–१९ को संक्रमणमा परेकामध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली निको भएका हुन्। एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सन्जीव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन्। उनका अनुसार यो साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।

कोरोना भाइरसका कारण नेपालमा १८ सय १९ जनाको मृत्यु भएको छ भने विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५७ हजार सात सय छ भने दुई लाख ४९ हजार १३२ जना अर्थात् ९६.७ प्रतिशत कोरोना भाइसरबाट मुक्त भएका छन्।

Tags

छुटाउनु भयो कि ?