बिश्व

जापान प्रवेशमा फेरि प्रतिबन्ध

Lumbinikhabar Online

जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ । बेलायतबाट सुरु भएको नया कोरोना भाइरस जपानमा समेत आजसम्म सातजनामा देखापरिसकेको अवस्थामा जापानका प्रधान्मन्त्री योसिहेदे सुगाको निर्णयअनुसार यहीं डिसेम्बर २८ देखि प्रवेश प्रतिबन्ध लगाइएको हो । यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।
नेपालबाट जापान आउने भिषा लागेको नया बिद्याार्थीहरू तथा नयाँ भिसा लागाउने अर्थात् आउन तयारी भएकाहरु अब कहिले आउने भन्ने कुरामा पनि यो प्रतिबन्धको घोषणाले असर गर्ने भएको छ । जापानी संचारमाध्यमहरुका अनुसार, कोभिड १९ को नयां स्वरुपको फैलावटको अवस्था हेरी प्रतिबन्धको समय फेरि थपिने पनि हुनसक्छ ।

Tags

छुटाउनु भयो कि ?