कोभिड-१९

अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ९३ लाख नाघ्यो

Lumbinikhabar Online

अमेरिकामा एकैदिन एक लाख ४२ हजार ९९ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ९३ लाख ९९ हजार ३ सय ७८ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १३ सय ६ जनाको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ४४ पुगेको छ ।

त्यस्तै अमेरिकामा एक करोड १४ लाख ५ हजार ७१ जना संक्रमण मुक्त भएका छन् भने ७६ लाख ५४ हजार ५ सय ६३ जना उपचाररत छन् ।

Tags

छुटाउनु भयो कि ?