राजनीति

प्रदेश एकका मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँदै

Lumbinikhabar Online

प्रदेश एकका मुख्यमन्त्री शेरधान राईविरुद्ध अविश्वासको प्रस्ताव आउने भएको छ । आज पदमुक्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जानकारी दिएका हुन् ।

‘हामीहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदैछौँ । तयारी भइरहेको छ ।’ आङ्बोले भने । आफूलाई पदमुक्त गरेपछि आङ्बोले प्रतिक्रिया दिँदै यस्तो जानकारी दिएका हुन् । उनले अविश्वासको प्रस्तावको अगुवाई आफूले नै गर्ने बताए । आफूलाई पदमुक्त नगरेको भए पनि राजीनामा दिएर अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको उनले बताए ।

मुख्यमन्त्री राईविरुद्ध बहुमत सदस्यहरु एकजुट भएको उनको दावी छ । आज मात्रै मुख्यमन्त्री राइले प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई बर्खास्त गरेका थिए । सरकारविरोधी गतिविधि गरेको मुख्यमन्त्री राईको आरोप छ । संविधानको धारा १६९ को (२) (ख) बमोजिम पदमुक्त गरिएको जानकारी राईले गराएका छन् ।

Tags

छुटाउनु भयो कि ?