कोभिड-१९

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

Lumbinikhabar Online

बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।

मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।

यसअघिको भाइरसको तुलनमा संक्रमण दर ७० प्रतिशत बढी रहेको बताइएको उक्त नयाँ संस्करणको भाइरस कत्तिको हानिकारक हुन्छ भन्ने बारेमा अझै अध्ययन भैरहेको र यो धेरै हानिकारक नरहेको वैज्ञानिकहरुले बताएका छन् । भियूआइ—२०२०१२—०१ नामको उक्त भाइरस यूकेको लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा बढी देखिएको छ ।

यो स्ट्रेनको संक्रमण तीव्र भएपनि यसले पहिलाको स्ट्रेन भएको व्यक्ति भन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन् । हाल बजारमा आएको भ्याक्सिनले  यसलाई काम गर्छा कि गर्दैन भन्ने बारेमा अहिले आममानिसको चासो रहेको छ ।

Tags

छुटाउनु भयो कि ?