काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो । बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६