बिबिध

रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

Lumbinikhabar Online

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को  राष्ट्रिय  उपाध्यक्ष पदका लागि  लागि मनोहरा जेसिजकि रजनी थापा बिजयी भएकी छिन ।वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको  आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १२ सय  ३६ मत सहित बिजयी भएकी हुन्।

महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा  भेला भएका थिए । बुधबार देखि भलबारीमा  सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन उनि राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्। खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए ।

सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी  महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे । बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमश: अरूण कुमार दाहाल ९९९, भाेजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मत सहित विजयी भए ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि मनाेहरा जेसिज रजनी थापा १२३६,कल्पना, पाण्डे कुसुम १०३० ,तरहरा जेसिजका सुनिल तिमल्सिना ८१८,सैनामैना जेसिजका बिमल ज्ञवाली ७६७, दुहबी जेसिज,बिमला सुवेदी कार्की ७६४, शारदा नगर जेसिजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसिजका सुजन बरूवाल ७१८ रजहर जेसिजका राजन गाैतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसिजका दिपेन्द्र निराैला ६१२, नारायणगढ जेसिजका अनाेज जाेशी ६०२, जनकपुर जेसिजका गाैतम शाहा ५९० विजयी भएका हुन्।

विजयीपश्चात् नवनियुक्त  राष्ट्रिय  उपाध्यक्ष जेसी रजनी थापाले सबै  युवाहरूलाइ समेट्दै समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताएकि छिन्  । उनले हजारौ  युवाहरूको  मतलाई राष्ट्रिको  विकास र जेसिजको  नयाँ उचाईलाई थप सशक्त पार्दै ईट्टा थप्ने बताएकी छिन ।

Tags

छुटाउनु भयो कि ?