अरु

शिक्षामन्त्री पोखरेलले शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे

Lumbinikhabar Online

मंसिर २८ – शिक्षा, विज्ञान र टेक्नोलोजी मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षकहरुलाई राजनीति र ठेकेदारी व्यवसायमा संलग्न नभई सिकाउने-पढाउने गतिविधि सुधार गर्ने कुरामा ध्यान दिन आग्रह गरेका छन्। आज जिल्लाको मेछिनगर ८ मा नवनिर्मित विद्यालय पुस्तकालय भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूले कडा परिश्रम गर्नु पर्नेमा जोड दिए। विद्यालय भवन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले भने,२.५ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो।

Tags

छुटाउनु भयो कि ?