बिबिध

कालान्कीको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ

Lumbinikhabar Online

मंसिर २७ – कलंकी सडक दुर्घटनामा शुक्रबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अस्पतालमा उपचारका क्रममा अझै एक जनाको मृत्यु भएको छ। थानकोटबाट कलंकी जाँदै गरेको कन्टेनर भ्यान ब्रेक फेल भएको कारण दुर्घटना भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार मृतकहरु ओखलढुंगाका ३० वर्षीय शंकर दमाई (परियार) र रंजीत कुमार चौधरी रहेका छन्। परियारको घटनास्थलमै मृत्यु भएको थियो भने चौधरीले अस्पतालमा उपचारका क्रममा अन्तिम सास लिएका सिंहले बताए। त्यस्तै दुर्घटनामा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ्ग्का रामचन्द्र सिम्खडा, कलंकीका सुजान मानन्धर, बानेश्वरका विशाल श्रेष्ठ र कास्कीकी सन्ध्या सिंह घाइते भएका छन्। उनीहरूको काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार्गो ट्रकले बासी २ ज २०४७, एक पिकअप भ्यान, बा च २२२१, बस, बा खा ३२५२, र बा ५१ प ४९५१ नम्बरको मोटरसाइकललाई कालिका पेट्रोल पम्प नजिकै दुर्घटना गरेको थियो।

Tags

छुटाउनु भयो कि ?