खेलकुद

च्याम्पियन्स लिगमा लिभरपुरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने सलाहा

Lumbinikhabar Online

मोहमद च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब एफसी मिडजिल्याण्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा सलाहाले भने कीर्तिमान कायम गरे । सलाहाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनी च्याम्पियन्स लिगमा लिभरपुलबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । ६२औं मिनेटमा घरेलु टोलीका स्कुलेजले बराबरी गोल फर्काएका थिए ।लिभरपुल समूह विजेताको रुपमा खेल अघिनै नकआउट चरण पुगिसकेको थियो । सलाहाले च्याम्पियन्स लिगमा २२औँ गोल पूरा गरे । उनले क्लबका लिजेण्ड स्टेभन जेरार्डको कीर्तिमान पार गरेका हुन् ।

Tags

छुटाउनु भयो कि ?