टप खबर

बलात्कार आरोपी सिद्धबाबाले जिल्ला अदालत सुनसरीबाट पाए सफाइ

Lumbinikhabar Online

बलात्कार मुद्दामा कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले सुनसरी अदालतबाट आज सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिएका हुन् ।

अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सिद्धबाबालाई १६ मंसिर ०७६ मा अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि चर्को आलोचना भएको थियो ।

त्यसपछि ९ माघमा उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सुनसरी अदालतले उनलाई सफाई दिएको छ ।

Tags

छुटाउनु भयो कि ?