खेलकुद

पेरिस सेन्ट–जर्मेनको प्रभावशाली जित

Lumbinikhabar Online

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेनले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो ।

४१ औँ मिनेटमा स्टेफी माविडिडीले मोन्टपिलरका लागि बराबरी गोल गरे। ७७ औँ मिनेटमा मोइज केन र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट २८ अंक भएको छ।

Tags

छुटाउनु भयो कि ?