अरु

त्रिविका परिक्षा २८ गतेदेखि भौतिक उपस्थितिमा नै

Lumbinikhabar Online

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिए। कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन ।

यसैगरी, त्रिविले यही मंसिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने बताएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको छ ।

परिक्षा तालिका अनुसार मंसिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । त्यस्तै, स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने हुने जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?