टप खबर

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली

Lumbinikhabar Online

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले वीरेन्द्रनगरको कालिञ्चोकबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्‍याली निकालेर बुलबुले चोक, मंगलगढी चोक, मुख्य बजार हुँदै वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरेका थिए।

प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र घोषणा गर’ जस्ता नारा लगाइएको थियो।

देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो।

Tags

छुटाउनु भयो कि ?