बिबिध

बलात्कारी बुबालाई ३७ बर्ष जेल

Lumbinikhabar Online

मंसिर ११ – जिल्ला अदालत मकवानपुरले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना व्यक्तिलाई ३७ बर्षको जेल सजाय सुनाएको छ। यस मुद्दाको सुनुवाईमा न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले ४२ वर्षीय बुबा अनैतिक काम गरेको आरोपमा जेल सजाय र बलात्कारको आरोपमा १२ बर्षको जेल सजाय सुनाएको फैसला सुनायो। नयाँ कानूनका अनुसार २५ बर्षे जेल सजाय आजीवन कारावासको लागि तोकिएको छ। २०७३ सालमा आफ्नी श्रीमतीले आत्महत्या गरेपछि बुबाले १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरिरहेका थिए।
उनका छिमेकीहरूले पुलिसलाई घटनाको खबर दिए पछि पुलिसले उनलाई अप्रिल १२, २०२० मा पक्राउ गरेको थियो।

Tags

छुटाउनु भयो कि ?