टप खबर

नेपाली महिला बेलायती गोर्खा सेनामा कप्तान बनिन्

Lumbinikhabar Online

मंसिर ८ – एक नेपाली महिलाले बेलायती गोर्खा सेनामा उच्च-पद ओगटेकि छिन्। सायद इतिहासमा यो पहिलो पटक हो। पूर्व ब्रिटिश गोरखा सेनाकी छोरी २७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ बेलायती गोर्खा सेनाका कप्तान भएकी छिन्। अंशु पूर्व ब्रिटिश गोर्खा कलर सेर्जेन्ट अमर गुरुङ र आमा सुकु गुरुङकी कान्छी छोरी हुन्। मूल रुपले पोखरा महानगरपालिका -२, भूमदीका गुरुङ परिवार हाल बेलायतको फर्नबरोमा बसोबास गर्दै आएका छन्। दक्षिण पूर्व क्षेत्रीय तमु धिनका उपाध्यक्ष तथा युके तमु धिनका सल्लाहकार योगेश गुरुङका अनुसार अन्शुले रोयल मिलिटरी एकेडेमी स्ट्यान्डहर्स्टबाट १० हप्ताको प्रशिक्षण पूरा गरिसकेका छन। उनलाई शनिबार कप्तानको इग्ग्निया दिइयो। गत बर्ष रानी मेरी विश्वविद्यालयबाट दन्त अध्ययन पूरा गरेपछि उनी ब्रिटिश गोरखा सेनामा भर्ना भइन्।

Tags

छुटाउनु भयो कि ?