खेलकुद

रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै युभेन्टस विजयी

Lumbinikhabar Online

चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् । रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।

जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ । शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ । चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित रहेको छ । युभेबाहेक मिलान र तेस्रो स्थानमा रहेको सासुलो पनि यो सिजन अपराजित छ ।

Tags

छुटाउनु भयो कि ?