बिबिध

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

Lumbinikhabar Online

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो ।

जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।

Tags

छुटाउनु भयो कि ?