राजनीति

प्रधानमन्त्रीलाई डा.केसीको जवाफ : मेरो उपचार म आफै गर्छु, विपन्नको निशुल्क उपचार गर्नु

Lumbinikhabar Online

कोरोनाभाइरस संक्रमित डा गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए ।

तर, डा केसीले यसलाई अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् ।

डा केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?