राजनीति

बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

Lumbinikhabar Online

शिक्षाविद् डम्बरदेव कैनी बाल संगठन तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएका हुन । कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । कैनी शान्ती बर्ष उमाविका पुर्व प्राचार्य हुन ।

देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् । नवनियुक्त अध्यक्ष कैनीले शुक्रबार पदबहाली गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थिति रहेको थियो । भद्र स्वभाव र बालसुलभ व्यवहार कैनीका सबल पक्ष हुन । उनी मानवअधिकारका क्षेत्रमा पनि सकृय छन् ।

Tags

छुटाउनु भयो कि ?