राजनीति

सिमानाका प्रतिबन्ध एक महिना लम्बियो

Lumbinikhabar Online

सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् ।सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

Tags

छुटाउनु भयो कि ?