बिबिध

मलेसियामा एक नेपाली युवतीको हत्या

Lumbinikhabar Online

मलेसियामा एक नेपाली युवतीको हत्या भएको मंगलबार मलेसियाको केलाङस्थित एक नेपालीले सञ्चालन गर्दै आएको रेष्टुरेण्टमा काम गर्ने युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन्। आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको हो।

युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ। हत्या गर्ने नेपाली युवकको भने पहिचान खुलेको छैन। केलाङस्थित नेपालीहरुले प्रेम सम्बन्धका कारण हत्या भएको बताएका छन्।घटनास्थलमा पुगेको प्रहरीले हत्यापछि बेहोस भएका युवकलाई अस्पताल पुर्याएको छ भने शवको मुचुल्का बनाएको छ।

Tags

छुटाउनु भयो कि ?