खेलकुद

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा

Lumbinikhabar Online

सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा गएराति भएको समूह चरणका अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो ।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो ।

हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए भने साहले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रन जोडे ।

वार्नर र साहले पहिलो विकेटका लागि अविजित १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबाद तेस्रो स्थानमा रहदैं प्लेअफमा पुगेको हो ।

Tags

छुटाउनु भयो कि ?