मोरङको रंगेलीमा नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एउटै गाउँको ४० जना बिरामी भएका छन् । बिरामी भएकाहरूको रंगेली अस्पतालमा उपचार भइरहेको जनाएको छ । प्रसाद खानेहरुलाई २४ घन्टा नबित्दै झाडापखाला सुरु भएको हो । प्रसाद खाएकालाई ‘फुड पोइजन’ भएको जनाइएको छ। ४० जना भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् र अन्य बिरामीका उपचारको लागि अस्पतालमा बेड अभाव भएपछि घरमै सलाइन पानी दिएर उपचार हुँदै छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६