बिबिध

कारागारमा रहेका कैदीबन्दीलाई खसी

Lumbinikhabar Online

कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ ।

लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।

गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको बताए ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।

Tags

छुटाउनु भयो कि ?