बिबिध

दशैंको आज पाँचौं दिन : स्कन्दमाता देवीको पूजा

Lumbinikhabar Online

दशैंको पाँचौं दिन आज स्कन्दमाताको पुजा आराधना गरिन्छ । स्कन्दमाताको दाहिने हातमा कमलको पुष्प, बायाँ हातमा वरमुद्रा रहेको छ ।यी देवीका तीन आँखा र चार हातहरु छन् ।

वर्ण पूर्णतस् शुभ कमलासनमा विराजमान भएकी स्कन्दमाताको वाहन सिंह हो ।यी मातालाई पद्मासन देवी पनि भनिन्छ ।यीनका पुत्र स्कन्द माताको काखमा बसेका छन् ।शास्त्रहरुमा देवी स्कन्द माताको आराधनाको महत्व धेरै रहेको छ ।यी देवीको उपासना गर्नाले भक्तहरुको समस्त इच्छाहरु पूरा हुनुको साथै भक्तहरुलाई मोक्ष प्राप्त हुन्छ ।

सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकी कारण यीनको उपासक अलौकिक तेज र कान्तिमय हुन्छ ।त्यसकारण मनलाई एकाग्र राखेर र पवित्र भएर यी देवीको आराधना गर्ने साधक अथवा भक्तलाई भवसागर पार गर्न कुनै किसिमको कठिनाई भोग्नु पर्दैन ।स्कन्दमाताको उपासनाले भक्तको समस्त मनोकामनाहरु पूर्ण हुन्छ ।

मृत्यु लोकमा पनि उसलाई परम शान्ति र सुखको अनुभव हुन थाल्छ र मोक्ष प्राप्त हुन्छ ।सूर्य मण्डलको देवी भएको कारण यीनको उपासक आलोकिक तेज एवं कान्तिले सम्पन्न हुन्छ ।

साधकलाई अभिष्ट वस्तु प्राप्त हुनुको साथै महान ऐश्वर्य प्राप्त हुन्छ ।पञ्चमी तिथीको दिन पूजा गरेर भगवती दुर्गालाई केराको भोग लगाउनु पर्छ र यो प्रसादलाई ब्राह्मणलाई दिनु पर्छ ।यसो गर्नाले मनुष्यको बुद्धिको विकास हुन्छ ।

Tags

छुटाउनु भयो कि ?