सरकारले दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री लगायत सबैमन्त्रीको दसैं खर्च वापत प्राप्त रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहनु भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले निर्णयको जानकारी गराउनु भयो । उहाले सो रकमबाट कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुग्ने बताउनु भयो । सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीबाट पनि दसै खर्च वापतको रकम कोषमा जम्मा गरिदिन अनुरोध गरेको छ । यसअघि नेकपा, नेपाली कांग्रेसले पनि दसैंभत्ता कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।
यसैगरी सरकारले यसपटकको दसै आफ्नो घरमा मात्रै सिमित गरेर मनाउन पनि आग्रह गरेको छ । ठुलो चाड भएपनि कोरोना महामारीको चपेटामा परेकाले घरमै मनाउन आग्रह गरेको हो ।