खेलकुद

टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी

Lumbinikhabar Online

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए ।

खेलको ८५औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

Tags

छुटाउनु भयो कि ?