बिबिध

उदयपुरमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

Lumbinikhabar Online

उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा  मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै करिव ३२ वर्षका पुरुष,  ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?