खेलकुद

बार्यन म्युनिखको शानदार जित

Lumbinikhabar Online

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो ।

Tags

छुटाउनु भयो कि ?