राजनीति

विष्णु पौडेल अर्थमन्त्री नियुक्त, शहरी विकासमा कृष्ण गोपाल श्रेष्ठ,पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।नेकपा महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीमा पौडेललाई नियुक्त गरेकी हुन्।

त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।महिला बालबालिकामा हरेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन्।

Tags

छुटाउनु भयो कि ?