बिबिध

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

Lumbinikhabar Online

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ ।

नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।

यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगलबार राती नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बर अघि नजिक देखिने छैनन् ।

अपोजिशनको खगोलीय घटना आज राती हुने भएपनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

Tags

छुटाउनु भयो कि ?