बिबिध

पहिरोका कारण अवरुद्ध भएका सडक खण्ड दैनिक तीन घण्टा बन्द गरिने

Lumbinikhabar Online

असोज २६ – बर्षातका कारण देशका विभिन्न स्थानमा गएको पहिरो हटाउन आज देखि आगामी ४ दिनसम्म सडक बन्द गरिएको छ। त्यस्तै आज देखि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ, आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले निर्णय गरेको छ। सडक बन्द गरेर पहिरो हटाउने कार्य भएकोले ३ घण्टा सम्म सबैखाले सवारी साधन चल्न नपाउने बताइएको छ।

Tags

छुटाउनु भयो कि ?